Section 3B
सडकको वर्गीकरण
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सडकलाई देहाय बमोजिम वर्गीकरण गर्न सक्नेछः-
(क)    राष्ट्रिय लोक मार्ग,
(ख)    प्रदेश लोक मार्ग,
(ग)    स्थानीय सडक,
(घ)    ग्रामीण सडक,
(ङ)    शहरी सडक,
(च)    कृषि सडक, र
(छ)    तोकिए बमोजिमका अन्य सडक।